नियम ११
पुनरावेदनपत्र दर्ता गरिसके पछिको कार्यविधि
(१) न्यायाधिकरणमा पुनरावेदनपत्र दर्ता भएको मुद्दाको मिसिल र तल्लो अड्डाले प्रमाण लगाएको मिसिल कागजपत्र तल्लो अड्डा वा कार्यालयबाट झिकाइनेछ ।
(२) तल्लो अड्डा वा कार्यालयबाट पुनरावेदन दर्ता गरी मिसिल पठाएकोमा प्रमाणको मिसिल कागजपत्रसाथ नपठाएकोमा सो झिकाईनेछ।
(३) मुद्दाको र प्रमाणको मिसिल कागजपत्र प्राप्त भई सकेको पक्ष तारिखमा रहने पुनरावेदनमा पक्ष तारिखमा रहेको भए वा गुजारेकोमा थमाउने म्याद बाँकी नभए पुनरावेदनमा कारबाई किनाराको लागि पेसी तारिख तोकी साप्ताहिक दैनिक मुद्दा पेसी सूचीमा चढाई न्यायाधिकरणमा पेश गरिनेछ ।
(४) पुनरावेदन कारबाई किनारा गर्न न्यायाधिकरणमा पेश गर्दा अनुसूची–३ बमोजिमको आदेशपत्र संलग्न गरी मुद्दाको र प्रमाणको मिसिल कागजपत्रसाथ पेश गर्नु पर्छ ।
(५) मुद्दासम्बन्धी निवेदनपत्र र पेश भएको वकालतनामा सबै पुनरावेदन मिसिलमा समावेश गर्नुपर्छ ।
(६) मुद्दाको सम्बन्धमा न्यायाधिकरणबाट भएका कारबाईसम्बन्धी आदेशबमोजिमको काम कारबाई तामेल गरी गराई उपनियम (३) बमोजिम गरी पुन न्यायाधिकरणमा पेश गर्नुपर्छ ।
(७) न्यायाधिकरणबाट विशेष वा सामान्य तवरले कुनै खास मुद्दाको वा सबै मुद्दाको टिपोट किताब तयार गरी पेश गर्नु भन्ने आदेश भई राखेकोमा सो मुद्दाको मिसिल सामेल गरेको सबै महत्वपूर्ण कागजको व्यहोरा छोटकरीमा तर स्पष्ट हुने गरी खुलाई टिपोट किताब तैयार गरी स्रेस्तेदारबाट रुजु गराई प्रत्येक सदस्यलाई उपलब्ध गराउनु पर्छ ।